अन्तिम अपडेट: विहीबार, 07/18/2019 - 17:09

प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाको कार्य विवरण ।

प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  • नेपाल सरकारका विभिन्न निकायहरुको नियमित तथा आकस्मिक व्यवस्थापन परीक्षण गरी सो को वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्ने 
  • नेपाल सरकारका विभिन्न निकायहरुको सेवाग्राही सन्तुष्टी सर्वेक्षण गरि वार्षिक प्रतिवेदन तयार गर्ने 
  • निजामती सेवा ऐन तथा नियमावली बमोजिम अध्ययन, अध्यापन, लेखापरीक्षण व्यवसाय लगायतमा काम गर्न विभागीय स्वीकृति दिने,
  • कुनै खास बिषयमा अधिकार प्राप्त अधिकारीले तोकेको काम सम्पन्न (भ्रमण, बैठक, अध्ययन, अनुसन्धन,आदि) भैसकेपछि सम्बन्धित महाशाखा प्रमुखलाई सम्बोधन गरी प्रतिवेदन गर्ने,
  • उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन  समितिको सचिवालयको रुपमा कार्य गर्ने 
  • शासकिय सुधार तथा प्रशासन सुधार सम्बन्धी योजना तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
  • प्रशासन सुधार सम्वन्धी अध्ययन, अनुसन्धान तथा मन्त्रालयबाट हुने प्रकाशन सम्बन्धी कार्य (प्रशासन पत्रिका, स्वशासन, शासकीय खबर पत्रिका आदि)
  • निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन लगायत संघ सस्थाहरु सम्बन्धी  कार्यहरु गर्ने,
  • तलव भत्ता पुनरावलोकन समिति सम्बन्धी सचिवालयको रुपमा कार्य गर्ने,
  • निजामती सेवामा समावेशीकरण सम्बन्धी कार्य गर्ने,
  • निजामती सेवा सम्बन्धी अन्तरराष्ट्रिय सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
  • नमुना कार्यालय सम्बन्धी कार्य, 
  • व्यवस्थापन परिक्षण सम्बन्धी कार्य,
  • एकिकृत घुम्ती सेवा सन्चालन सम्बन्धी कार्य 

प्रवक्ता

सह-सचिव
फोन नंः ०१-४२००३०२

सूचना अधिकारी

उप-सचिव
फोन नंः ०१-४२००३०६

सम्पर्क

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

 सिंहदरबार, काठमाडौं

 फोन:(+९७७) - ०१-४२००३०६

 ईमेल: info@mofaga.gov.np

 सन्देश सूचना बोर्ड: १६१८०१४२००३०९