हाईलाईट:
/ आन्तरिक व्यवस्थापन महाशाखाको कार्य विवरण

आन्तरिक व्यवस्थापन महाशाखाको कार्य विवरण

अध्यावधिक मिति २०८१ कार्तिक ४ गते आइतबार

आन्तरिक व्यवस्थापन महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :

  •  मन्त्रालय र अन्तरगतका निकायहरुको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत सम्भार सम्बन्धी कार्य गर्ने, गराउने,
  • भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने, गराउने,
  • सार्वजनिक खरिद ऐन,नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्बन्धी कार्य गर्ने, गराउने,
  • लिलाम विक्री सम्बन्धी कार्य गर्ने, गराउने
  • मन्त्रालय र अन्तरगतका निकायहरूको बेरुजु फछर्यौट गर्ने, गराउने,
  • मन्त्रालय र अन्तरगतका निकायहरुमा रहेका कर्मचारीहरुको जनशक्ति विकास र तालिम सम्बन्धी कार्यहरु गर्ने, गराउने,
  • मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासा आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्ने, गराउने,
  • कर्मचारीहरुको गुनासो सम्बोधन सम्बन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयका कर्मचारीहरुको विभागीय कारवाही तथा पूरस्कार लगायतका कार्यहरु गर्ने गराउने,
  • मन्त्रालयसंग सम्बन्धित कर्मचारीहरुको अध्ययन, असाधारण लगायतका बिदाहरु सम्बन्धी कार्य गर्ने, गराउने,
  • मन्त्रालयको सांगठनिक एवं प्रशासनिक प्रक्रियाको व्यवस्थापन सम्बन्धमा आवश्यक Standard Operating Procedure (SOP) बनाउने,
  • सूचना, अभिलेख तथा विद्युत्तीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्बन्धी कार्य,
  • सूचना संकलन, संग्रह, अभिलेख र प्रकाशन सम्बन्धी कार्य,
  • मन्त्रालय तथा स्थानीय तहमा आधुनिक सूचना प्रविधिको विकास र उपयोग सम्बन्धी कार्य,
  • मन्त्रालय र अन्तर्गतका निकायहरुमा कार्यरत कर्मचारीहरुको स्वदेश र वैदेशिक भ्रमणको सिफारिस, मनोनयन तथा अभिलेख व्यवस्थापन सम्बन्धी कार्य ।
  • अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने कार्य,
यस महाशाखालाई तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने ।

मन्त्रालयका सुचनाहरु